तीन सातामा १०६ जना फरार प्रतिवादी पक्राउ

रौतहट, २० माघ । रौतहट प्रहरीले तीन साताको अवधिमा १०६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
माघ १ देखि १९ गतेसम्मको अवधिमा १०६ जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाइबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँबाट अदालतबाट कैद, जरिवाना र सजाय तोकिएका अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर जरिवाना तथा कैद सजायका लागि कारागार पठाइएको डीएसपी यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


