नेपालको विकास भारतको प्राथमिकतामा छ : राजदुत श्रीवास्तव

जनकपुरधाम, २० माघ । नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले नेपालको विकास भारतका लागि प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल भारत मैत्री युवासंघले जनकपुरधाममा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले नेपालको विकासले भारतलाई नै फाइदा पुग्ने बताएका हुन् ।
उनले भने ‘मधेस प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ, यहाँको धार्मिक पर्यटनलाई नेपाल सरकार र भारत सरकार सँगै मिलेर अगाडी बढाउनु पर्छ ।’ यसले नेपाल भारत दूबै देशलाई फाइदा पुग्ने छ ।’
उनले नेपाल र भारत बिच मित्रतालाई मात्रै प्रगाढ बनाउन नभई विकासको बाटोमा सँगसँगै हिंड्नु आवश्यक रहेकोसमेत बताए । यसका लागि नेपाल र भारत सरकार मिलेर काम गरिरहेको उनको भनाइ थियो ।
भारतको सीमासँग जोडिएको मधेस प्रदेश पनि भारत सरकारको प्राथमिकतामा रहेको राजदूत श्रीवास्तवले बताए । नेपालमा रेल सेवाको पुनः आरम्भ, विभिन्न विद्यालयहरुको भवन निर्माण, खानेपानीको विभिन्न योजना यसकै उदाहरण रहेको उनले बताए ।
मधेस प्रदेशको विकासका लागि धार्मिक पर्यटनको क्षेत्रमा जोड दिनुपर्ने राजदूत श्रीवास्तवको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


