सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १९ माघ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसदलाई रिहाई गर्न माग गरेको छ ।
उक्त पार्टीले बिहीबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घण्टाभित्र छोड्न अल्टिमेटम दिएको हो ।
१० वर्षसम्म कुनै कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घण्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए ? भन्दै प्रश्नसमेत गरेका छन् ।
१० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


