एजेन्सी, १९ माघ । इजरायलले बुधवार अबेर राति गाजापट्टीमा हवाई आक्रमण गरेको छ ।

त्यसको जवाफमा प्यालेस्टाइनी लडाकूहरूले रकेट प्रहार गरेका छन् ।

प्यालेस्टाइनी भूभागबाट प्रहार गरिएको एक रकेटलाई बाटैमा रोकेपछि आफूहरूले हवाई आक्रमण गरेको इजरायलको सेनाले पुष्टि गरेको छ ।

घटनाका कारण कुनै पनि पक्षतर्फ हताहती नभएको आकस्मिक सेवाप्रदायकहरूले बताएका छन् ।