काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गरेकी हुन् ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

सभामुख घिमिरले चितवन क्षेत्र नम्बर–२ को सांसद पद रिक्त भएको ब्यहोरा पनि बैठकमा जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।