भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु

एजेन्सी, १८ माघ । भारतको झारखण्डस्थित धनबादको एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।
धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ११ महिला, ३ बच्चा र १ पुरुष गरी १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँचजना सदस्य रहेको समाचारमा उल्लेख छ ।
आगलागीको समयमा उक्त भवनमा कतिजना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो ।
आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


