रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् ।
लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


