चितवन, १७ माघ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले चितवनको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित रवि लामिछानेको वास्तविक अवस्था अहिले आएर छर्लङ्ग भएको बताएका छन् ।

उनले चुनाव जितेर गृहमन्त्रीसमेत बनेका रवि लामिछानेको एक महिनामा अहिलेको हविगत भएको भन्दै यसले चितवन २ जनप्रतिनिधिविहीन भएको पनि बताएका छन् ।

जनताले रवि लामिछानेको धरातल नुबझिकन उनलाई मतदान गरेकाले अहिलेको परिणाम आएको पनि उनले बताए ।

यसमा नेपाली कांग्रेसको पनि दोष रहेको उनको निष्कर्ष छ । कांग्रेसले ध्यान दिएर राम्रा उम्मेदवार चितवनमा नउठाउँदा यस्तो अवस्था भएको उनले बताएका छन् ।