प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
नागरिकता विवादका कारण उपप्रधान तथा गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरेपनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । आजको भेटमा यिनै विषयमा छलफल भएको अनुमान छ ।
यद्यपि प्रधानमन्त्री र रविको तर्फबाट भेटमा भएका कुराकानीका विषय सार्वजनिक भएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


