भारतीय क्रिकेटर मुरली विजयद्वारा सन्यासको घोषणा

एजेन्सी, १६ माघ । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
उनले ट्विटरमा एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएका हुन् । उनले अन्तर्राष्ट्रिय खेलहरुमा भारतलाई आफूले प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि सम्मानका रुपमा रहेको बताएका छन् ।
मुरलीले भारतका लागि ६१ टेस्ट खेलेका थिए । ६१ टेस्टमा उनले ३९८२ रन बनाएका थिए । त्यस्तै, १७ वानडे खेलमा उनले ३३९ रन बनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


