राहुल गान्धीको ‘भारत जोडो यात्रा’ पूरा

एजेन्सी, १६ माघ । भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन् ।
गत वर्ष सेप्टेम्बर ७ मा राहुलले तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा सुरू गरेका थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको श्रीनगरमा समापन भएको हो ।
नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजन गरेको भन्दै राहुलले भारत जोडो यात्रा सुरू गरेका थिए ।
१३४ दिन लामो यात्राका क्रममा राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिँड्ने गर्थे ।
यो अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


