सभापति देउवा र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं, १६ माघ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।
सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
उनका अनुसार देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


