काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले भेट गरेकी छन् ।

नेपालको दुई दिने भ्रमणमा रहेकी उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्रीलाई भेटेकी हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र उपमन्त्री नुल्यान्डबीच द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

आइतबार बेलुकी नेपाल आएकी उपमन्त्री नुल्यान्डले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट्दै आफ्नो भेटवार्ताको शुरुवात गरेकी हुन् ।