सुरक्षाकर्मीले गोली हानेका स्वास्थ्यमन्त्रीको निधन

एजेन्सी, १५ माघ । भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
झारसुगडामा आइतबार उनलाई एक प्रहरी जवानले गोली हानेका थिए । त्यहाँबाट उनलाई हेलिकोप्टरमा भुवनेश्वर ल्याइएको थियो । त्यहाँ उनको उपचार चलिरहेको थियो ।
दिउँसो झारसुगुडाको एक कार्यक्रममा सहभागी हुन जाँदा उनीमाथि आक्रमण भएको थियो ।
उनीमाथि भएको आक्रमणको छानबिनका लागि क्राइम ब्रान्चलाई जिम्मेवारी दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


