अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने छ : रवि लामिछाने

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूले भन्नुपर्ने केही नभई गर्नुपर्ने चिजहरु धेरै रहेको बताएका छन् ।
आइतबार नागरिकता पुनप्र्राप्ति गरेसँगै पहिलो पटक सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका सभापति लामिछानेले भने, ‘अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने चिजहरु छन् ।’
लामिछानेले आइतबार नै रास्वपाका सभापति चयन भएका छन् । यसअघि शुक्रबार आएको सर्वोच्च अदालतको फैसलासँगै उनले यो पद गुमाएका थिए ।
केन्द्रीय समितिको बैठकले उनलाई सभापतिको जिम्मेवारी दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


