रवि लामिछाने दुई दिनमै फेरि सभापतिको जिम्मेवारीमा

काठमाडौं, १५ माघ । रवि लामिछानेले दुई दिनमै फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको जिम्मेवारीमा फर्किएका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघि उनले लिएको नागरिकता अवैध भएको ठहर गरेपछि उनले पार्टी सभापतिको पद गुमाएका थिए ।
आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई फेरि सभापतिको जिम्मेवारी दिएको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नपुगेको भन्दै यसअघि शुक्रबार उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पेश गरेको नागरिकता खारेज भएको थियो । त्यसपछि उनी सांसद, मन्त्री तथा पार्टीको सभापति पदबाट पदमुक्त भएका थिए ।
आइतबार उनले नागरिकता लिएपछि केन्द्रीय कार्यालयमा बसेको बैठकबाट उनी फेरि सभापतिको जिम्मेवारीमा फर्किएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


