एजेन्सी, १५ माघ । पाकिस्तानमा आइतबार भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ ।

पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा १० जना विद्यार्थीको ज्यान गएको हो ।

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा ७ देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए ।

घाइते भएका दुईजनाको अवस्था गम्भीर छ । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । डुङ्गा डुब्दा हराएका ९ जनाको खोजी भइरहेको छ । ११ जनालाई उद्धार गरिएको छ । खोज तथा उद्धार जारी रहेको बताइएको छ ।