पाकिस्तानमा सवारी दुर्घटना हुँदा ३९ जनाको मृत्यु

एजेन्सी, १५ माघ । पाकिस्तानको बलुचिस्तानमा सवारी दुर्घटना भएको छ । एउटा यात्रु बस सडकबाट खोँचमा खस्दा ३९ जना यात्रुले ज्यान गुमाएका छन् ।
आइतवार बिहानै बलोचिस्तानको लास्बेलामा यो डरलाग्दो सवारी दुर्घटना भएको हो ।
लास्बेलाका सहायक कमिश्नार हम्जा अन्जुमका अनुसार ४८ जना यात्रु सवार रहेको उक्त बस क्वेटाबाटट्ट कराँचीतर्फ गइरहेको थियो ।
’तीव्र गतिमा रहेको बस लासबेलानजिकै घुम्तीमा मोड्ने समयमा पुलको खम्बा ठोक्किको थियो । पुलको खम्बामा ठोक्किँदै अनियन्त्रित भएको बस खोँचमा खसेपछि आगलागी हुँदा धेरै हताहती भएको हो’, उनले भनेका छन्।
अन्जुमका अनुसरा ज्यान गुमाउनेमा महिला र बालबालिका पनि छन् । घटनास्थलबाट महिलासहित तीनजनालाई जीवितै उद्धार गरिएको छ ।
केही बेपत्ता छन् । घाइतेहरुको उद्धार भइसकेको छ । तर केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।
पाकिस्तानी अनलाइन डनका अनुसार १७ वटा शव घटनास्थलबाट निकालि सकिएको छ । संकलित शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


