भारतमा उडिरहेका बेला दुई फाइटर जेट जुध्दा एक पाइलटको मृत्यु

एजेन्सी, १५ माघ । शनिवार भारतीय वायुसेनाका दुई फाइटर जेट उडिरहेका समयमा जुधेर दुर्घटनाग्रस्त भएका छन् ।
शक्तिशाली मानिने फाइटर जेट सुखोई–३० र मिराज २००० एकआपसमा जधेर दुर्घटना भएको हो ।
समाचार अनुसार दुवै फाइटर तीव्र गतिमा उडिरहेका थिस। त्यही बेला एकापसमा जुधेका यी जहाज भुइँमा खसेर भीषण आगो लागेको थियो ।
यी दुई जहाजको भग्नावाशेष ९० किलोमिटर वरपर एउटाको मध्य प्रदेशको मुरैना अर्काको राजस्थानको भरतपुर भेटिएको छ ।
इन्डियन एयरफोर्सका अधिकारीहरुका अनुसार सुखोई विमानका दुवै पाइलट सुरक्षित रुपमा बाहिर निस्किन सफल भएका छन् ।अर्कातिर मिराजका पाइलटको ज्यान गएको छ ।
यस घटनाबारे भारतीय वायुसेनाले दुई लडाकु विमान शनिबार बिहान ग्वालियरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको छ । यी विमान रूटिन तालिमका क्रममा थिए ।
घटनाको कारण पत्ता लगाउनका लागि भारतीय वायुसेनाले जाँच आदेश दिएको छ ।
आमरुपमा आकाशमा दुई विमान जुध्नुको कारण मानवीय कमजोरी मानिन्छ । जसमा पहिलो एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्नु, अर्को पाइलटको गल्तीलाई पनि मानिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


