एमालेका उम्मेदवार नै राष्ट्रपति बन्छन् : ज्ञवाली

काठमाडौं, १४ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् । पाल्पामा प्रेस चौतारीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
शुक्रबार मात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको थियो ।
यसलाई खण्डन गर्दै ज्ञवालीले राष्ट्रपति एमालेले पाउने भन्ने गठबन्धनका दलबीच सहमति भएको र यसबाट कसैलाई अन्योल हुनु नपर्ने बताएका छन् ।
उनले भने, ‘केही दलले छिर्के दाउ हानेर वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेका छन् । त्यो सफल हुने छैन। सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन । राजनीति विश्वासले चल्ने हो । एक माघले जाडो जाने विषय पनि होइन । यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन । इमानदारिता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन्। विश्वास घात कसैबाट हुने छैन ।’
उनले नेपाली कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति नपाउने जिकिर पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


