भारतीय वायुसेनाको दुई लडाकु विमान दुर्घटनाग्रस्त

एजेन्सी, १४ माघ । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले घटनाको पुष्टि गरेका छन् ।
मध्य प्रदेशका एडीजी आदर्श कटियारले विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन् । उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।’
दुर्घटनामा परेका लडाकु विमानबाट दुईजना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको आदर्श कटियारले बताए । दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए ।
घटनाप्रति दुःख व्यक्त गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटरमा लेखेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ । मैले स्थानीय प्रशासनलाई छिटो उद्धार र राहत कार्यमा वायुसेनालाई सहयोग गर्न निर्देशन दिएको छु । विमानका पाइलटहरू सुरक्षित होस् भनी भगवानसँग प्रार्थना गर्दछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


