एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


