अदालतको नजिर ठीक भएपनि दुःख दिने मनसाय बेठीक रहेको ढकालको भनाइ

काठमाडौं, १४ माघ । युवा नेता सागर ढकालले रवि लामिछानेको मुद्दामा अदालतको नजिर ठीक भए पनि दुःख दिने मनसाय बेठीक भएको बताएका छन् । उनले आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।
सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठूला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको भनाई छ । उनले विदेशमा बसेर फर्किने नेपालीलाई यो घटना झन् राम्रो पाठ भएको समेत बताएका छन् ।
‘पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिँदैन । हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ । अदालतको नजिर ठीक छ । दुख दिने मनसाय बेठिक छ । सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ । यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठूला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ । विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ । सधैं बिदेसिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पु¥याएर नेपाल फर्कनुस् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


