एजेन्सी, १४ माघ । न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको मुसलधारे वर्षापछिको बाढीका कारण त्यहाँ संकटकालको घोषणा भएको छ ।

शुक्रबार अकल्याण्डमा निकै ठूलो वर्षा भएको थियो । त्यहाँ ठूलो बाढीका कारण यातायात तथा बिजुली आपूर्ति ठप्प भएको छ ।

अकल्याण्डमा हिउँदमा पर्ने पानीको ७५ प्रतिशत पानी केवल १५ घन्टामा मात्र परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।