काठमाडौं, १४ माघ । रवि लामिछाने नागरिकता विवादमा बर्खास्त भएपछि उनको नाम गृहमन्त्रालयले पूर्वमन्त्रीको सूचिमा पनि राखेको छैन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार नागरिता पुनःप्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए ।

त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटाएको छ । गृहमन्त्रीबाट नाम हटाएको मन्त्रालयले उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन् ।

२०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए ।