प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं, १३ माघ । गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन् ।
रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


