चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौं, १३ माघ । रवि लामिछाने विजयी भएको चितवन–२ मा उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि त्यहाँ उपनिर्वाचन हुने निश्चित भएको हो ।
चिनवन– २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।
रवि प्रेरित पार्टीले प्रतिनिधिसभामा २० सिट जितेको थियो भने सोही आधारमा पार्टी सरकारमा पुगेको थियो । सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पद छाड्नुपर्ने दवाव परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


