इराकी अदालतले १४ जना आतङ्ककारीलाई सुनायो मृत्युदण्डको सजाय

एजेन्सी, १३ माघ । इराकी अदालतले १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो ।
नागरिक हत्यामा संलग्न पाइएको भन्दै इराकको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १ हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।
यसरी आमरूपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।
उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


