जनकपुरधाम, १३ माघ । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त हुन लागेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने भएका हुन् ।

ठाकुरले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए । ठाकुर सिरहा निवासी हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।