मन्त्री खानले अन्ततः सम्हाले खानेपानी मन्त्रालयकै जिम्मेवारी

काठमाडौं, ११ माघ । जनमत पार्टीको उपाध्यक्षसमेत रहेका बिनाविभागीयमन्त्री अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्री खानले बुधबार साँझ पदभार ग्रहण गरेका हुन् ।
११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।
तर, पूर्वसहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।
‘हाम्रो विमति कायमै छ । तर, प्रधानमन्त्रीको विशेष आग्रह अनुसार केही दिनका लागि भए पनि खानेपानी मन्त्रालय सम्हाल्नुस् भनेपछि तयार भएको हुँ,’ मन्त्री खानले भने ।

Exif_JPEG_420
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


