आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ११ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
उनले भने, ‘प्रेम आचार्य प्रकरण र अर्थतन्त्रमा उनले उठाएका नीतिगत तथा व्यवहारिक विषयमा छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ ।’
आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए ।
प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।
उनले आफूमाथि आगो लगाउनुअघि सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारण खुलाएका छन् ।
यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


