गठबन्धन दलभित्र नरहेको घोषणा गर्दै राष्ट्रिय सभामा नागरिक उन्मुक्तिको छुट्टै उम्मेदवारी

बुटवल, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गरेको छ ।नागरिक उन्मुक्ति सतारुढ दलभित्र रहे पनि छुट्टै उम्मेदवारी दर्ता गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिएका हुन् ।
यादवको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेको बताइन् ।
सरकारलाई विश्वासको मत दिए पनि आफूले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई सहयोग नहुने उनले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


