सुर्खेत, ११ माघ । मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिरिषद्मा कार्यविभाजन गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।मुख्यमन्त्री शर्माले बुधबार मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विनाविभागीय मन्त्री बनाएका थिए । आज उनीहरूको पनि जिम्मेवारी तोकिएको हो ।