गृहमन्त्रीले दोहोरो नागरिकता लिएर कानुन मिचेको रावलको आरोप

काठमाडौं, ११ माघ । नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहोरो नागरिकता लिएर नेपालको कानुन मिचेको उल्लेख गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा रावलले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।
‘संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो’, नेता रावलले लेखेका छन् ‘गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ । गृहमन्त्रीबाट कानुन मिचिएको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


