राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेसबाट आचार्यको उम्मेदवारी

काठमाडौं, ११ माघ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।
रोल्पाका आचार्यले बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन्।
आचार्य रोल्पाका पूर्व सभापति हुन् । कांग्रेसले आज बिहान मात्र आचार्यको नाम टुंगो लगाएको थियो ।
सत्तारूढ दलबाट यसअघि एमालेका कुमार दसौदीले उम्मेदवारी दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


