जनकपुरधाम, ११ माघ । मधेस प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मो. रजि हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सांसद कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा दुबैजनाविरुद्ध मुद्दा परेपछि उनीहरूको शपथ रोकिएको थियो ।

सर्वोच्चको आदेश आएपछि बुधबार दुबै सांसदले शपथ लिएका हुन् ।

योसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।