मानव अधिकारको दस्तावेज र सहायता डेस्कको प्रगति सम्बन्धी छलफल

जनकपुरधाम, १० माघ । जनकपुरधाममा मानव अधिकारको दस्तावेज र मानवअधिकार सहायता डेस्कको प्रगति सम्बन्धी छलफल गरिएको छ ।
इन्सेकले आयोजना गरेको छलफलमा कार्यक्रम कार्यान्वयनको अवस्था, प्रगति र समिक्षा तथा भावी कार्यनीतिका लागि सुझाव संकलन गरिएको हो ।
मधेस प्रदेशमा डिसिए नेपालले मानव अधिकार शिक्षा कार्यक्रम र पीडितलाई आर्थिक सहयोग गर्दै आएको छ ।
छलफलमा डिसिए नेपालका कार्यक्रम व्यवस्थापक बालकृष्ण कटेल, इन्सेकका व्यवस्थापन प्रमुख शुभेच्छा खड्का र इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले भावी कार्यनीति सम्बन्धमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, उपाध्यक्ष ज्योति झा, नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव बटुकनाथ झा, इन्सेक धनुषाका प्रतिनिधि दिपेन्द्र सिंह, इन्सेक कार्यक्रमका फोकल पर्सन बरुण बस्याल, आफन्त नेपालका जिल्ला संयोजक कविता यादव, महिला मानवअधिकार रक्षक सञ्जालका उपाध्यक्ष शुभद्रा आले, ओरेक महोत्तरी प्रमुख बिना सिंह, सरसफाइ अभियानी धिरेन्द्र साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


