पोखरा, १० माघ । गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेबाट मन्त्री बनेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार नै उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।