आफूले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब नदिएको यादवको दाबी

काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवले आफूले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब नदिएको र लबिङ समेत नगरेको दाबी गरेका छन् ।
नेता यादवले मंगलवार सामाजिक सञ्जालमार्फत आफूले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चारमाध्यममा प्रकाशित भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘मैले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चारमाध्यममा प्रकाशित भएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले उपराष्ट्रपति पदका लागि सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड वा अरू कुनै नेतालाई दबाब वा लबिङ गरेको छैन ’ यादवले भनेका छन्,‘यस्तो गम्भीर विषयमा समाचार बनाउँदा मसँग सोध्दै नसोधी एकतर्फी पद लोलुपता देखाउने गरी समाचार लेख्नुले म बडो आश्चर्यचकित तथा दुःखित भएको छु । अतः उपराष्ट्रपति पदमा कुनै दाबी नभएको कुरा आदरणीय जनसमुदाय तथा पत्रकार महानुभावहरूमा स्पष्ट पार्न चाहन्छु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


