काठमाडौं, १० माघ । ललितपुरको लेलेमा तालिमरत एकजना सैनिक जवान गेस्ट हाउसको कोठामा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

मंगलबार ललितपुरको लेलेमा तालिमरत ३० वर्षीय सैनिक जवना बिनायक कार्की बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए । आइतवार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।