मेहबुब आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो बरामद

काठमाडौं, १० माघ । नेपाल टी–२० लिगमा मेहबुब आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो ।
उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अडियो बरामद गरेको सीआईबीका एक अधिकारीले बताए ।
‘आलमले खेलाडीलाई म्यासेज र फोनबाट अफर गरेका थिए । एक खेलाडीलाई ६ देखि ८ लाखसम्म आउँछ भनेर अफर गरेको अडियो बरामद भएको छ,’ उनले भने ।
उनले दुई खेलाडीलाई अफर गरेको सीआईबीले बताएको छ । सीआईबीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पट फिक्सिङको विषयमा जानकारी दिएको थियो ।
स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय खेलाडी आलम र राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई पाँच दिनको समय थप गरेर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


