‘स्पट फिक्सिङ’ प्रकरणमा अर्का एक क्रिकेटर पनि तानिए

काठमाडौं, १० माघ । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्का एक क्रिकेटर पनि तानिएका छन् । नेपालको राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका अर्जुन साउद यो प्रकरणमा तानिएका हुन् ।
नेपाल टी २० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि अन्य दुई क्रिकेटरलाई पक्राउ गरिसकेको छ ।
१९ वर्षका साउद पछिल्लो समय राष्ट्रिय टोलीमा ओपनर रहेका थिए । उनीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरु गरिसकेको छ । क्यानका एक अधिकारीले उनीमाथि पनि यो आरोप लागेको र सिआइबीले छानबिन गरिरहेको फरकधारलाई बताएका छन् ।
प्रतियोगिता जारी रहेकै समयमा क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेपछि प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको थियो ।
अहिलेसम्म प्रहरीले यसमा संलग्न भएको भन्दै १० जनाको नाम सार्वजनिक गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


