काठमाडौं, ९ माघ । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उपसभामुख मगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उपसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।