कांग्रेस सभापति देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता

काठमाडौं, ९ माघ । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिएको छ ।
संसद सचिवालयले सोमबार पत्र पठाएर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधाबारे जानकारी गराएको हो ।
संसद सचिवालयका उपसचिव रामहरि थापाले नेपाली कांग्रेस संसदीय दलको कार्यालयका नाममा पत्र पठाउँदै देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले दिइने सुविधाबारे जानकारी गराएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


