काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको हो ।

सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् । नेकपा एमालेका सांसद घिमिरे यही ५ माघमा सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए ।

उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।