काठमाडौं, ९ माघ । गत महिना काठमाडौंमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।

जसमध्ये महबुब आलम, आदिल अन्सारी र थप एकसहित ३ जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।