स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

काठमाडौं, ९ माघ । स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।
उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ परिसकेका छन् । यस्तै थप एकजनालाई प्रहरीले पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


