सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु

सर्लाही, ९ माघ । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा हरिपूर्वा–९ का ३४ वर्षीय जोगी यादवको मृत्यु भएको हो ।
हरिपूर्वा–१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्बर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।
उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्बर प्लेटको भए पनि नम्बर भने स्पष्ट हुन नसकेको प्रहरी नायव निरीक्षक डिएसपी विजय श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


