जापानको एक अपार्टमेन्टमा भएको आगलागीमा परी चारजनाको मृत्यु

एजेन्सी, ८ माघ । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहान भएको आगलागीमा परी चारजनाको मृत्यु भएको छ ।
उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अन्य चारजना जलेर घाइते भएका छन् ।
त्यहाँ रहेको एक तीनतले अपार्टमेन्टको पहिलो तलामा आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।
जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले आगलागी भएको स्थानबाट चारजनाको शव निकालेको र अन्य चारजनालाई अस्पताल पुर्याएको छ । उनीहरु अचेत अवस्थामा रहेको र उपचार जारी रहेको बताइएको छ ।
सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तलासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


