क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

एजेन्सी, ८ माघ । क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने करिब १६ जनालाई गोली लागेको बताइएको छ ।
स्थानीय समय अनुसार शनिबार राति १० बजे सो गोलीकाण्ड भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


